सरकारको अकर्मण्यताकाबीच कांगेस महाधिवेशन

गुरुप्रसाद भट्टराई

पुरै दुनिया झै नेपाल पनि कोरानाको माहामारी वाट गुज्रिरहेको छ । तयारीको लागि पाएको प्रशस्त समय सरकारको संवेदनहिनताले खेर गएपछि देश संकट उन्मुख हुदै गैरहेको छ । सारा देश एकिकृत भै कोरोना विरुद्ध लड्नु पर्नेमा सत्तासिनहरु नै एक आपसमा बाझाबाझ गरेर रमिता देखाए । उनीहरुको ‘लेनदेन’ त मिल्यो होला ।  

बाडिचुडि खादा कसले के पाउने कति पाउने भन्ने हिसाब पनि मिल्यो होला । तर, देशले यस्तो संवेदनशिल समय व्यर्थमा गुजा¥यो । कांगेसका युवा नेता गगन थापाले फाल्गुनको पहिलो हप्ता संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव टेवल गर्दा कोरोना विरुद्धसंगै लडौं भनि देखाएको अठोटलाई सरकारले वास्ता गरेन । माननीय थापाले कोरोना विरुद्धको लडाइको लागी स्पष्ट मार्गचित्र संसदमा प्रस्तुत गरेको भिडियो अझै पनि भेटिन्छ, सारा जनताले अझै हेरिरहेकै छन् । तर, सरकारले देखेन । हुनत, कोरोनालाई भयभव बनाएर संकटकालिन खरिद भन्दै ‘थौली भित्र्याउने’ सरकारी योजनामा गगन थापाको प्रस्ताव बाधक थियो होला । तर, जनता जोगाउने त्यो प्रष्ट योजना लागु भएको भए अहिले हामी ‘इटली’ बन्ने यात्रामा भने हुने थिएनौं । 

कोरोनाकैबीच अहिले देशकै पुरानो लोकतान्त्रीक पार्टी नेपाली कांग्रेस आफ्नो चौधौं महाधिवेशनको सन्नीकट छ । 

आउदो फाल्गुनमा देशभरिका कांग्रेसजन नेपाली कांग्रेसलाई फेरि चुस्त दुरुस्त बनाउने बहस र योजना निर्माणमा लाग्ने छन् । पार्टीले नयाँ नेतृत्व पाउने छ । नेकपा सरकार यति अलोकप्रिय र असफल हुदा पनि हामीले जनतालाई भन्न र बुझाउन सकेका छैनौ । सकेनौं भन्दा पनि बुझाउनै खोजेनौं । किन खोजेनौं ? जवाफ महाधिवेशनको हलमै मागौला । त्यही बहस गरौला । तर, पार्टी नेतृत्व यदाकदा आफ्नै कमजोरीका कारण जनमानसमा प्रतिपक्षकी कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीको सहयोगी हो भन्ने प्रष्ट नदेखिनु चाही रहस्यमय पक्कै छ । हो, कोरोनाका विरुद्ध नेपाली कांग्रेस सरकारको सहयोगीको रुपमा रहने हाम्रो घोषित नीति नै हो । यो आजको आवश्यकता पनि हो । तर, यसको अर्थ भ्रष्टचारमा इतिहास कायम गरेको सरकारका अनियमितताको पनि हामीले विरोध गर्न सकेनौं । केही युवा नेताहरुले कडा शब्दमा आवाज निकालेपनि मुल नेतृत्वले त्यस्को जिम्मेवारी बहन गरेको देखिएन । सरकार सन्चालनमा नेकपा र के।पी ओली पूर्ण असफल त भए नै, प्रतिपक्षका रुपमा हाम्रो भुमिका पनि खासै सफल भएन । 

अबको महाधिवेशनमा कांग्रेसले चयन गर्ने नेतृत्वले एउटा पार्टीको भविष्यमात्र निर्धारण गर्दैन, समग्र देशकै विकास र सम्वृद्धिमा प्रभाव पार्ने छ । आफ्ना भ्रष्ट गतिविधि कायम राख्न केपी ओलीलाइ कांग्रेसमा फेरी पनि कमजोर नेतृत्वनै चाहिएको छ । त्यसैले कांग्रेसलाई अलोकप्रिय र विभाजित राखिरहन सहज हुने ओलीले साथ दिएरहेका छन् । यसको लागि उनले विभिन्न नियुक्ती र सरकारको दुरुपयोग गर्ने पनि उक्तिकै सम्भावना छ । तर, यी कुनै पनि जालझेल ले अव कांगेसको यात्रामा असर गर्ने छैन, गर्नु हुदैन । 

कांग्रेसजनले आउदो महाधिवेशनवाट बितेको पाँच वर्षको क्षतिपुर्ति पनि भराउने गरि नयाँ नेतृत्व चयन गर्ने छन्, गर्नै पर्ने छ । युवा नेताको सोचविचारी जोश र आकर्षणले कांग्रेसलाई देशको नेतृत्व गर्ने ठाउँमा पु¥याउने छ । गुमेको पार्टी र देशको साख हामीले फेरी फिर्ता ल्याउन सक्ने गरि युवा नेतालाई पार्टीको बागडोर जिम्मा लगाउदै छौं । अनि महाधिवेशन पछि सरकारका सबै कर्तुत जनता समक्ष छर्लड्ग पारेर ओली राजका लुट समाप्त गर्ने छौ ।

लेखक नेपाली काँग्रेस स्याङ्जाका महाधिवेशन प्रतिनिधि हुन् । लामो समय विद्यार्थी राजनीति गरेका नेता हुन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: