पाकिस्तानलाई इङ्ल्यान्डविरुद्धको सिरिज जोगाउन मुस्किल

एजेन्सी । इङ्ल्यान्डविरुद्धको अन्तिम टेस्टमा पाकिस्तानले फलो अन खेल्दै दुई विकेट गुमाएर सय रन जोडेको छ । खराब लाइटका कारण पाकिस्तानले टेस्टको चौथो दिन ५६ ओभर फलो अन खेल्दै दुई विकेट गुमाएर सय रन जोडेको थियो । 

पहिलो पारीमा पाकिस्तान सस्तैमा समेटिएपछि इङ्ल्यान्डले फलो अन दिएको थियो । पहिलो पारिमा इङ्ल्यान्डले ५८३ रनको विशाल योगफल तयार पार्दै पारि समाप्तिको घोषणा गरेको थियो ।

जवाफमा ब्याटिङ गरेको पाकिस्तानले पहिलो पारीमा सबै विकेट गुमाउँदै २७३ रन मात्र जोड्न सकेको थियो । पाकिस्तान सस्तैमा समेटिँदा इङ्ल्यान्डले ३१० रनको अग्रता बनाएपछि पाकिस्तानले फलो अन गर्दै दोस्रो पारीको सुरुवात गरेको थियो ।

पाकिस्तानलाई हारबाट जोगिन अझै २१० रन आवश्‍यक छ । आज कप्तान अजहर अली र बाबर आजमले क्रिज सम्हाल्दै पारीको सुरुवात गर्नेछ । अजहर अली २९ रनमा अविजित छन् भने आजम ४ रनमा क्रिजमा छन् । 

दोस्रो पारीमा पाकिस्तानका लागि अबिद अलीले ४२ रन जोडेका थिए भने सान मसुदले १८ रन जोडका थिए । इङ्ल्यान्डका लागि जेम्स एन्डरसन र स्टुअर्ट ब्रोडले एक एक विकेट लिए ।तीन खेलको टेस्ट सिरिजको पहिलो खेल घरेलु टोली इङ्ल्यान्डले तीन विकेटले जितेको थियो भने दोस्रो टेस्ट वर्षाका कारण बराबरीमा रोकिएको थियो । इङ्ल्यान्डले पाकिस्तानविरुद्ध १(० को अग्रता बनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: