हेटौंडामा ११ प्रहरीसहित थप १६ जनामा कोरोना पुष्टि

 

हेटौंडा, भदौ १ । 

मकवानपुरको हेटौंडामा कार्यरत् ११ जना प्रहरीसहित हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हेटौंडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा सोमबार थप १६ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपाल प्रहरीमा कार्यरत् रौतहटका दुईजना, सिन्धुलीका एकजना, बाँकेका दुईजना, पर्साका एकजना, धादिङका एकजना, कञ्चनपुरका एकजना र हेटौंडामा कार्यरत् चितवनका तीनजना प्रहरीमा कोरोना देखिएको हो ।

यस्तै, हेटौंडा उपमहानगरपालिका-४ बस्ने तीन महिला र एक पुरुष तथा हेटौंडा-१० मा बस्ने एकजना महिलामा संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाइँले बताउनुभयो ।

संक्रमित हुने प्रहरी ११ जना नै पुरुष रहेका जनाइएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: