सुनको मूल्य ओरालो लाग्यो


काठमाडौं । केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी मूल्य तोलामा ९६ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: