लकडाउनका ११७ दिन अवधिमा २२ सयले गरे आत्महत्या


काठमाडौं । लकडाउनका ११७ दिनमा २२ सयजना भन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार चैत ११ गतेबाट साउन ४ गतेसम्मको अवधिमा २२ सय १८ जनाले आत्महत्या गरेका हुन् ।

यो अवधिमा सबैभन्दा बढी आत्महत्याका घटना प्रदेश नम्बर ५ मा देखिएको छ । प्रदेश ५ मा लकडाउनका ११७ दिनमा ४२९ जनाले आत्महत्या गरेका छन् ।

जसमध्ये २३४ जना पुरुष छन् भने १५७ जना महिला छन् । १२ जना बालक र २६ बालिका पनि छन् ।

यस्तै प्रदेश १ मा ३७१  जनाले आत्महत्या गरेका छन् । जसमा १९३ जना पुरुष र १३५ जना महिला छन् । २१ बालक र २२ बालिका पनि छन् ।

प्रदेश २ मा लकडाउनका ११७ दिनमा ३०५ जनाले आत्महत्या गरेका छन् । जसमध्ये ११७ पुरुष र ११२ महिला छन् । २६ बालक र ५० बालिकाले पनि आत्महत्याको बाटो रोजेका छन् ।

वाग्मती प्रदेशमा ३८५ जनाले आत्महत्या गर्दा २१३ पुरुष र १४५ जना  महिला छन् । १० बालक र १७ जना बालिकाले पनि आत्महत्या गरेका छन् ।

गण्डकी प्रदेशमा लकडाउनका ११७ दिनमा २४६ जनाले आत्महत्या गरेका छन् । १४१ पुरुष र ८२ महिला छन् ।  ११ बालक र १२ बालिकाले आत्महत्या गरेका छन् ।

सबैभन्दा आत्महत्या कम हुने प्रदेशमा कर्णाली परेको छ ।

लकडाउनको ११७ दिनको अवधिमा कर्णाली प्रदेशमा ११९ जनाले आत्महत्या गरेका छन् ।  जसमा ७० पुरुष र ३८ महिला छन् । ५ बालक र ६ बालिका छन् ।

सुदूरपश्चिम प्रदेशमा ११७ दिनमा २०४ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा ११३  पुरुष, ७९ महिला, ६ बालक र ६ बालिका छन् ।

यस्तै काठमाडौं उपत्यकामा १५९ जनाले आत्महत्या गरेका छन् । जसमा ९१ पुरुष, ६३ महिला, ३ बालक र २ बालिका छन् । यसरी ११७ दिनको औसत आत्महत्याको दर निकाल्ने हो भने दैनिक १८ जनाभन्दा बढीले आत्महत्या गरेको पाइएको छ ।

लकडाउनबाहेक अन्य समयमा नेपालमा दैनिक १० देखि १४ जनासम्मले आत्महत्या गर्दै आएको प्रहरी तथ्याङ्‍कले देखाउँछ । नेपाल आत्महत्या गर्ने मुलुकमध्येको शीर्ष १०(१२ राष्ट्रभित्र पर्छ ।

विष खाएर र झुन्डिएर आत्महत्या गर्नेहरु बढी छन् । प्रहरी प्रधान कार्यालयका अनुसार यसबाहेक आगो लगाएर, हाम फालेर, करेन्ट लगाएर, आत्महत्या गर्नेहरु पनि छन् । आत्महत्याको कारण ठ्याक्कै भन्‍न नसकिने प्रहरी अधिकारी बताउँछन् ।

तर व्यक्तिगत तनाव, प्रेम सम्बन्धमा धोका, काममा असफलतालगायतले आत्महत्या गर्न बाध्य हुने गरेको पाइएको छ । लकडाउनको समयमा अन्य अपराध कम भए पनि आत्महत्या घट्न सकेको छैन 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: