हैदरावादलाई हराउँदै मुम्बई शीर्ष स्थानमा

एजेन्सी । यूएईमा जारी १३ औँ संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल० टी–ट्वान्टी क्रिकेट अन्तर्गत मुम्बई इन्डियन्स तेस्रो जित निकालेको छ । आइतबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदावादलाई ३५ रनले हराउँदै शीर्ष स्थानमा उक्लन सफल भएको हो । 

शारझाँ क्रिकेट मैदानमा मुम्बईले जितका लागि दिएको २०९ रनको लक्ष्य पछएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १७४ रन बनायो । 

हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय पारी खेले । ४४ बल खेलेका उनले ५ चौका र २ छक्काको सहयोगमा ६० रन बनाए । त्यस्तै मनिस पाण्डेले ३० रन बनाउँदा जोनी बेरेस्टोले २५ रनको योगदान दिए । 

बलिङतर्फ मुम्र्बका लागि ट्रेन्ट बोल्ट, जस्प्रित भुम्राह र जेम्स प्याटिन्सनले समान दुई–दुई विकेट लिए । त्यस्तै कुनाल पाड्याले एक विकेट लिए ।  

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले अर्धशतकीय पारी खेले । ३९ बल खेलेका उनले ४ चौका र ४ छक्काको सहयोगमा ६७ रनको योगदान गरे । 

त्यस्तै किरन पोलार्डले २५ रन बनाउँदा इशान किशनले ३१, हार्दिक पाड्या २८ तथा सुर्यकुमार यादवले २७ रनको योगदान गरे । बलिङतर्फ हैदरावादका लागि दन्दीप शर्मा र शिदार्थ कउलले समान दुई–दुई विकेट लिए । त्यस्तै राशिद खानले एक विकेट लिए । 

जितसँगै मुम्बई ५ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको छ । पराजित हैदरावाद पाँच खेलबाट ४ अंकसँगै छैटौं स्थानमा छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

1 comment:

  1. Best casino bonus codes 2021 | Free spins no deposit
    Find a list of the casino bonus codes and promotions for worrione United Kingdom players. Discover bonus codes for casinos with free spins no deposit on registration.‎How many free spins do you receive from the casino? · ‎What are the bonuses for casinosites.one United Kingdom players? sol.edu.kg · ‎What are the free septcasino spins and promotions for United Kingdom 출장안마 players?

    ReplyDelete