६ महिनापछि देखियो दर्शकसहितको फुटबल

काठमाडौं, इंग्लिस फुटबल क्लबहरु ब्राइटन र चेल्सीबीच शनिबार राति एमेक्स स्टेडियममा भएको प्रिसिजन मैत्रीपूर्ण खेलमा समर्थकहरु उपस्थित हुन पाएका छन्। जुन झण्डै ६ महिनापछि दर्शकसहित देखिएको पहिलो फुटबल खेल हो। जहाँ २५ सय दर्शकले प्रत्यक्ष खेल हेरे। 

शारीरिक दुरी बनाएर नै राखिएका दर्शकहरुका लागि भित्र आउँदा र बाहिर निस्कँदा पनि दुरी कायम गरिएको थियो। रंगशालामा दर्शकसहित खेल गर्न सकिन्छ कि सकिँदैन भन्नेबारेमा यो एउटा प्रयोग पनि थियो। गएको मार्चमा कोरोना माहामारीका कारण फुटबल रोकिएको थियो। त्यसपछि जुनमा सुरु भएको खेल दर्शकबिना बन्द रंगशालामा गरिएका थिए। 

चेल्सी र ब्राइटनबीचको खेल एक(एकको बराबरीमा सकियो। खेलको चौथो मिनेटमा नै वेर्नरले गोलमार्फत चेल्सीलाई दिलाएको अग्रता अन्तिम समयमा ब्राइटनका ग्रोसले गोल गर्दै बराबरी बनाएका थिए। 

यसका साथै हार्लिक्विन्स र बाथबीचको प्रिमियरसिप रग्बी युनियनको खेलमा पनि दर्शकहरुलाई अनुमति दिइने भएको बिबिसीले उल्लेख गरेको छ। टी २० ब्लास्ट क्रिकेटमा पनि केही समर्थकहरुलाई जान दिइने गरी तयारी भइरहेको समाचारमा उल्लेख छ। 

कोरोना माहामारीका कारण दर्शकबिना चलिरहेको खेलहरुमा अब विस्तारै इंग्ल्याण्डमा दर्शकलाई अनुमति दिन थालिएको हो। डिजिटल, कल्चर, मिडिया एण्ड स्पोर्टस् विभागले दर्शकलाई अनुमति दिइने भए पनि खेल हुने स्थलमा दर्शक सीमित संख्यामा मात्र रहने जनाएको छ। 

हार्लिक्विन्स र बाथबीचको प्रिमियरसिप रग्बी युनियनको आउने महिना हुने खेलमा ४ हजार समर्थकलाई आउन दिइने गरी तयारी भइरहेको छ। यस्तै सेप्टेम्बर ९ देखि १२ सम्म हुने हर्स रेसमा पनि दर्शक आउन दिइने गरी तयारी भइरहेको छ। 

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अगस्ट १५ पछि अवस्था हेरेर केही दर्शकलाई खेल हेर्न दिइने गरी काम गर्न गएको महिना नै अनुमति दिएका थिए। उनले आउने अक्टोवरदेखि सामान्य रुपमा नै दर्शकहरुले खेल हेर्न सक्ने अवस्था बनाइने पनि बताएका छन्। 

केही संख्यामा दर्शकलाई आउन दिने गरी तयारी गएको महिना नै भएको थियो। जहाँ सेफिल्डमा भएको वल्र्ड स्नुकर च्याम्पियनसिपमा दर्शकसमेत उपस्थित थिए। 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: