पीसीआर परीक्षणको शुल्क घट्यो

काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि गरिने पीसीआर परीक्षणको शुल्क घटाएको छ ।

मन्त्रालयले हाल ५ हजार ५ सय लिदै आएको शुल्क घटाएर ४ हजार ४ सय बनाएको हो । यो शुल्क आइतबार देखी नै लागु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले बजारमा किटको मूल्य घटेका कारण परीक्षण शुल्क घटाएको बताए ।

हाल देशभर ४५ सरकारी र ११ निजी प्रयोगशलाबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

जसमा सरकारी प्रयोगशलाहरुमा भने निशुल्क र सात प्रदेशका १र१ प्रयोगशला, उपत्यकाका २ र ११ निजी प्रयोगशलाबाट भने सस्शुल्क परीक्षण हुँदै आएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: