बेलारुसमा सरकारविरुद्धका प्रदर्शनबारे रिपोर्टिङ गर्ने विदेशी पत्रकारलाई देश निकाला

मिन्स्क । बेलारुसका अधिकारीहरुलाई केही विदेशी पत्रकारहरुलाई देश निकाला गरेका छन् । 

बेलारुसमा राष्ट्रपतिको निर्वाचनको परिणामपछि सुरु भएको सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गर्ने केही विदेशी पत्रकारहरुलाई देश निकाला गरिएको हो । 

राष्ट्रपति एलेक्सेन्डर लुकाशेन्कोले चुनावी परिणाममा धाँधली गरेको आरोप लगाउँदै पछिल्ला केही सातायता सयौं हजार मानिसहरु सडकमा उत्रिएका छन् । ९ अगस्तमा सार्वजनिक भएको मत परिणाममा विपक्षी उमेदवारको पक्षमा बहुमत भए पनि निर्वाचन परिणाम भने उनको विपक्षमा आएको थियो । 

प्रदर्शनका क्रममा भएका केही हिंसात्मक झडपमा केही मानिसहरुको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हजारौं प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

आइतबार हुने भनिएको प्रदर्शनको पूर्वसन्ध्यामा करिब १७ जना विदेशी पत्रकारलाई दिइएको मान्यता रद्द गरिएको छ । उनीहरुलई देश निकालासमेत गरिएको जनाइएको छ । यसरी देश निकाला गरिएकाहरुमा अधिकांश भिडियो र फोटो पत्रकार रहेका छन् । जसमध्ये अधिकांश रोयर्टस न्युज एजेन्सीका छन् दुई जना बीबीसी र चार जना रेडियो लिबर्टीका रहेका छन् । 

बेलारुस पत्रकार संघले उक्त घटनाको निन्दा गरेको छ । त्यसैगरी शनिबार रुसस्थित एसोसियट प्रेसका पत्रकार पनि आन्दोलनको रिपोर्टिङका बेलारुस गएकोमा उनीहरुलाई पनि रुस फिर्ता गरिदिएको छ ।  ( अलजजिरा)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: