स्वास्थ्य समस्याको कारण जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा

बीबीसी । जापानका प्रधानमन्त्री सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । 

बीबीसीका अनुसार उनले केहीबेरअघि राजीनामा दिएका हुन् ।  उनी केही वर्षदेखि अल्सरटिभ कोलिट्‌स (ठूलो आन्द्रा र मलाशयको भित्री र बाहिरी तहमा सुन्‍निने) रोगबाट ग्रस्त थिए । तर, पछिल्लो समय उनको अवस्था कमजोर बन्दै गएको थियो । 

गत वर्ष उनी जापानको अहिलेसम्मकै नियमितरुपमा सत्तामा रहने प्रधानमन्त्री बनेका थिए । सन् २०१२ देखि उनी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सन् २००७ मा उनले एकाएक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस समयमा पनि उनी अल्सर्टिभ कोलिट्‌सकै कारण राजीनामा दिएको जनाइएको छ । ( बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: