मेस्सी रोक्न क्लब अध्यक्ष बार्टोमेउ राजीनामा दिन तयार

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले कप्तान लियोनल मेस्सी रोक्न आफूले पदबाट राजीनामा दिन सक्ने बताएका छन् । उनले मेस्सीको बहिर्गमन रोक्न आफू क्लबको अध्यक्ष पदबाट राजीनामा दिन तयार रहेको बताएका हुन् ।

कप्तान मेस्सीले क्लब छाड्ने घोषणा गरेपछि बार्सिलोनाले विभिन्‍न चरणमा बैठक गरेको थियो । बैठकमा मेस्सीलाई जसरी पनि क्लबमै राख्‍ने प्रयासमा छलफल भएको थियो ।  जसमा क्बल अध्यक्ष बार्टोमेउले मेस्सीले क्याम्प नाउमा बस्‍न चाहे आफू अध्यक्षबाट राजीनामा दिन सक्ने घोषणा गरेका थिए ।

अब मेस्सीले बार्सिलोनाम बस्‍ने चाहना व्यक्त गरे बार्टोमेउले क्लब छाड्नेछन् । एकवर्षे सम्झौता बाँकी रहेका मेस्सीलाई क्लब नछाड्न प्रस्तावसमेत गरिएको छ । क्लब अध्यक्षले राजीनामा दिन तयार भएको प्रतिक्रिया दिएपछि अब मेस्सीलाई दबाब सिर्जना भएको छ । तर, मेस्सीले कस्तो प्रतिक्रिया दिन्छन् त्यो भने आउन बाँकी छ ।

३३ वर्षीय मेस्सीले क्लबका अध्यक्षको राजीनामा माग्‍नु उनका लागि सबैभन्दा सजिलो मार्ग नहुन सक्छ । तर, बार्टोमेउले मेस्सीको स्थानान्तरणलाई रोक्न आफू अघि सरेका छन् । उनी मेस्सीको स्थानान्तरणबारे कुराकानी नगर्न कटिबद्ध छन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: