आन्तरिक विमानस्थल धमाधम अत्याधुनिक बन्दै, नयाँ विमानस्थल कम प्राथमिकतामा

 

  साउन २८, २०७७ बुधबार 

काठमाण्डाै – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पालामा काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल बनाउने र काठमाण्डौको हवाई चाप व्यवस्थापन गर्ने ठूलो योजना बनेको थियो । अधिकारी दुई पटकसम्म नागिडाँडाको जग्गा हेर्न पुग्नुभएको पनि थियो ।

उहाँले नागिडाँडामा विमानस्थल बनाएरै छाड्ने बताउनुभएको थियो । आर्थिक वर्ष २०७५/७६ सालको बजेटमा त ५० करोड रुपैयाँ नै विनियोजन भएको थियो । तर नागिडाँडामा विमानस्थल बनाउँदा सीमित स्वार्थ समूहलाई मात्रै फाइदा हुने भन्दै आलोचना भयो । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बनाएको उपसमितिले नै केहि व्यक्तिको निजी स्वार्थ पूरा गर्नको लागि नागिडाँडामा विमानस्थल बनाउन नहुने निष्कर्ष निकाल्यो । अहिले नागिडाँडामा विमानस्थल बनाउने कुरा सरकारी योजनाबाट हराएको छ । 

नागिडाँडा मात्रै होइन, पछिल्ला दुई वर्षका संघीय सरकार र नागरिक उड्डयन प्राधिकरणले नयाँ विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्ने भन्दा पनि भएका विमानस्थलको सुधार र अत्याधुनिक बनाउने काम गरिरहेका छन् । 

सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा नयाँ आन्तरिक विमानस्थल खास प्राथमिकतामा परेका छैनन् । चालु वर्षको नीति तथा कार्यक्रम र बजेटमा तेह्रथुमको चुहानडाँडामा विमानस्थल बनाउनको लागि वातवरणीय प्रभाव मूल्याङ्कन ईआईए गर्नेबाहेक नागरिक उड्डन प्राधिकरणको नीति तथा कार्यक्रम र बजेटमा अरु नयाँ  आन्तरिक विमानस्थल प्राथमिकतामा परेका छैनन् । 

आर्थिक वर्ष २०७६/०७७ मा आन्तरिक विमानस्थलतर्फ भएका सुधार

नेपालमा ५४ रहेको वटा विमानस्थल रहेकोमा ३५ वटा विमानस्थलहरुको धावनमार्ग पक्की रहेको छ । यसमध्ये ३२ वटा विमानस्थल सञ्चालनमा रहेका छन् भने २२ वटा विमानस्थल सञ्चालनमा छैनन् । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका अनुसार गएको आर्थिक वर्षमा आन्तरिक विमानस्थल सुधारको लागि थुप्रै काम भएका छन् । 

आन्तरिक विमानस्थलहरुको समेत गुरुयोजना तयारी गरी चरणबद्धरुपमा विकास गर्दै लैजाने नीति अनुसार चन्द्रगढी, विराटनगर, राजविराज, नेपालगंज, धनगढी, महेन्द्रनगर र रामेछाप विमानस्थलहरुको गुरुयोजना सम्पन्न भएको छ ।

नेपालगञ्ज विमानस्थलमा थप ६ वटा आन्तरिक सेवाका ठूला जहाज पा


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: