रुकुम पश्चिममा बिहान ४ बजेदेखि निषेधाज्ञा जारी


स्थानीय प्रशासनले रुकुम पश्चिममा बुधबार बिहान चार बजेदेखि निषेधाज्ञा जारी गरेको छ।

जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढेकाले सोको रोकथामका लागि स्थानीय प्रशासनले बुधबार बिहान ४ बजेदेखि भदौ २ गते सम्म निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले त्यसबीचमा अत्यावश्यक सवारी साधन र पास लिएका सवारी साधन बाहेक अन्य सवारी साधन तथा बजार पसल सञ्चालन गर्न नपाइने बताएका छन्।

बढी संक्रमित देखिएका जिल्लाको चार किल्ला सिल समेत गरिएको छ । 

प्रजिअ पौड्यालका अनुसार जिल्लाको मुसिकोट नगरपालिका स्वास्थ्य सेवा कार्यालय सल्लेदेखि खलंगा बजार हुँदै सितल पोखरी चोकसम्म र पिपलनेटादेखि शेरीगाउँ हुँदै मुसिकोट नगरपालिका वडा नं. ६ को वडा कार्यालय सम्मको चार किल्ला सिल गर्ने निर्णय गरिएको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: