अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड संचालनमा


चितवन, भदौ ६ । पहिरो आएर गएरातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सडकखण्डको चार किलोमा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा आएको जानकारी दिएको हो ।

राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो ।

रोकिएका मालवाहक सवारी साधान पहिरो हटाएपछि चल्न थालेका छन् । जिल्लामा निषेधाज्ञा लगाएका कारणले सडकमा सवारीको चाप भने निकै कम छ ।


Rea es:
SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: