अफगानिस्तानमा बाढी पहिरोः मृत्यु हुनेको संख्या एक सय नाघ्यो


काठमाडौं । अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् ।

अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ ।

भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

बाढी पहिरोमा ५ सय भन्दा बढी घरहरु ध्वस्त भएका छन् भने सयौं सवारीसाधन पुरिएका छन् । उद्धार कार्य धमाधम भइरहेको छ भने प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बाढी प्रवाभित क्षेत्रहरुमा आपतकाल घोषणा गर्न र पीडितहरुलाई उचित राहत दिन निर्देशन दिनुभएको छ । एजेन्सी


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: