स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश


  

काठमाण्डाै – स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब उल्भ्सलाई हराउँदै सेभिल्ला अन्तिम ४ मा प्रवेश गरेको हो ।

बराबरीतर्फ उन्मुख खेलमा अन्तिम दुई मिनेट सम्हालिन नसक्दा उल्भ्सले पराजय भोग्यो ।

खेलको ८८ औ मिनेटमा एभर बनेगाको क्रसलाई सदुपयोग गर्दै लुकास ओकम्पोसले हेड गोलमार्फत सोभिल्लालाई जित दिलाएका हुन् ।

सेभिल्लाले अब फाइनल प्रवेशका लागि आइतबार राति अर्को प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । नुनो एस्पिरिटो सेन्टो नेतृत्वको उल्भ्सले सुरुवातमै खेलमा अग्रता लिने अवसर पाएको थियो । उल्भ्सका राहुल जिमेनेजको पेनाल्टी प्रहारलाई सेभिल्लाका गोलकिपरले बचाएका थिए ।

उल्भ्स अर्को सिजन युरोपा लिगमा हुने छैन । उसले सातौं स्थानमा रहँदै प्रिमियर लिगको अन्त्य गरेको थियो ।

५ पटकको सेभिल्ला पछिल्ला १९ खेलमा अपराजित छ । उसले आइतबार प्रशिक्षक आले गुनर सोल्सायरको क्लब म्यान्चेष्टर युनाइटेडलाई चुनौती दिनेछ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: