लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित


स्कटिस प्रिमियरसिप अन्तर्गत सेल्टिक र एबरडीनबीचको खेल स्थगित गरिएको छ ।

सेल्टिक र एबरडीनका खेलाडीले लकडाउन नियम उलंघन गरेपछि दुई टोलीबीचको खेल स्थगित गरिएको हो ।

सेल्टिक र एबरडीनबीचको खेल शनिबार तय भएको थियो ।

हालै सेल्टिकका डिफेन्डर बोली बोलिनगोलीले स्पेनको भ्रमण गरेपछि क्वरेण्टीनमा नबसी किल्मर्नोकविरुद्ध खेल खेलेका थिए ।

जसको कारण सेल्टिक आलोचित बनेको थियो र स्कटल्याण्डका मन्त्री निकोला स्टर्जनले खेल स्थगित गर्न निर्देशन दिनुभएकाे थियाे ।

त्यस्तै गएकाे हप्ता एबरडीनका आठ खेलाडी लकडाउन नियम उलंघन गर्दै बार गएका थिए ।

यस्तै सेल्टिक र सेन्ट मिरिन तथा एबरडीन र ह्यामिल्टनबीच बुधबार तय भएको खेल समेत स्थगित गरिएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: