हङ्‍कङका प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ


हङ्‍कङ । हङ्‍कङमा प्रजातन्त्र पक्षधर दुई सांसदसहित १६ जना पक्राउ परेका छन् । सरकार विरोधी प्रदर्शन गरेको र प्रजातन्त्रको समर्थन गरेको आरोपमा उनीहरुलाई प्रकाउ गरिएको जनाइएको छ । 

डेमोक्रेटिक पार्टीका सांसदहरु लाम चुकतिङ र टेड हुइ चीफुङ बुधबार बिहान उनीहरुको घरबाटै पक्राउ परेको बीबीसीले जनाएको छ । 

सांसद लामलाई जुलाई २०१९ मा भएको दंगामा संलग्‍न भएको आरोप लगाइएको छ । सन् २०१९ मा भएको दंगामा घाइते भएका दर्जनौं प्रदर्शनकारीमध्ये उनी पनि एक थिए । 

प्रहरी स्रोतले बीबीसीलाई दिएको जानकारी अनुसार बुधबारको अप्रेसनअन्तर्गत दुई सांसदसहित १६ जनालाई पक्राउ गरिएको छ । 

बेइजिङका आलोचकसमेत रहेका मिडिया सञ्‍चालक जम्मीलाई पक्राउ परेको दुई सातापछि सांसदलाई पक्राउ गरिएको हो । लाईलाई विवादास्पद राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत चीनको विरोध गरेको र विदेशीसँग साँठगाँठ गरेको आरोपमा पक्राउ गरिएको छ ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: