स्याङ्जामा एम्बुलेन्स दुर्घटना ः श्रीमानको ज्यान गयो, बच्चा गुम्यो, श्रीमती घाईते

स्याङ्जा, भदौ १४ । ६ बर्षको छोरा काठमाण्डौमै छाडेर गर्भवती रहेकी श्रीमतीलाई एम्बुलेन्सको साहारामा स्याङ्जाको चापाकोट आफ्नै घर आएका वर्ष ३५ का भानुभक्त गैहे (कृष्ण) ले आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानसँगै आफ्नै ज्यान पनि गुमाए । 

कोरोनाको कहरमा काठमाण्डौमा भन्दा घरम बच्चा जन्माउन सुरक्षित हुने आफन्तको सल्लाहमा उनले गर्भवती श्रीमतीलाई लिएर एम्बुलेन्सको सहयोगमा घर आउदै गर्दा दुर्घटनामा परेर ज्यान गुमाए । वालिङ नगरपालिका वडा नं. ५ मझकोटमा आईतवार विहान बा २ झ ४०११ नम्वरको एम्वुलेन्स दुर्घटना हुँदा गैह्रे सहित दुई जनाको मृत्यु र दुई जना गम्भिर घाईते भएका छन् । 


शनिबार बिरामी लिएर काठमाण्डौ गएको एम्वुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घट्नामा चापाकोट नगरपालिका ९ का श्याम पंगेनीको पनि मृत्यु भएको छ । एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भवती रहेकी पवित्रा पोख्रेल घाईते अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छ । पवित्राले दुर्घटनामा श्रीमान त गुमाईन आफ्नो पेटमा रहेको बच्चालाई समेत जन्म दिन पाईनन्् । 

घाईते पवित्राको पेटमा भएको बच्चा दुर्घट्नाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाले बताए । कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने अहिले सामान्य रहेको छ । 

एम्बुलेन्स ग्रामिण सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  सडकमा पहिरो गएको र साघुरो भएका कारण दुर्घट्ना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुर्घटनाको आवश्यक अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ ।  



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: