उपत्यकामा १५९ सहित थप ६८१ जनामा कोरोना संक्रमण

काठमाडौं, भदौ ३ ।

 बुधबार थप ६८१ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । योसहित हालसम्म निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ छ। विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको छ । त्यस्तै हालसम्म मृतक १२० जनामा कोरोना पुष्टि भएको छ। विगत २४ घण्टामा थप ६ जना मृतकमा कोरोना पुष्टि भएको हो।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: