संवैधानिक निकायको नियुक्तिका बारेमा प्रधानमन्त्री ओली र देउवाबीच छलफल

 

काठमाडौं, भदौं १ । 

प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संवैधानिक परिषद्को बैठक राख्नेबारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा परिषदको बैठक राखेर संवैधानिक निकायका रिक्त पदहरुमा नियुक्ति गर्ने सम्बन्धमा प्रधानमन्त्री ओलीले सभापति देउवासँग छलफल गर्नुभएको हो ।

सभापति देउवासँगै बालुवाटार जानुभएको कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक राख्नेबारे छलफल गर्न देउवालाई बालुवाटार बोलाएको जानकारी दिनुभयो ।

त्यसक्रममा सभापति देउवाले कोरोनाको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको, सिन्धुपाल्चोक लगायतका जिल्लाहरुमा गएको बाढी पहिरो पीडितका समस्याबारे प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका संवैधानिक अंगका विभिन्न पदमा पदपूर्ति हुन सकेको छैन । छलफलमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल पनि हुनुहुन्थ्यो ।

यता कांग्रेस केन्द्रीय कार्यालयले भने सभापति देउवासँग प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरुका बारेमा परामर्श गरेको जानकारी दिँदै भेटघाटका क्रममा पार्टीका तर्फबाट जरुरी महत्वका विषयमा सरकारको ध्यानाकर्षण गराइएको जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: