निषेधाज्ञामा बैंक तथा वित्तिय संस्था खुल्ला

 

काठमाडौं, भदौ ३ । 

उपत्यकामा निषेधाज्ञा अवधिभर सिमित बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् ।

स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै सिमित शाखामा सिमित कर्मचारीले चलाउन सक्ने गरि बैंक तथा वित्तिय संस्था खोल्ने नेपाल बैंकर्स एसोसियसनले जनाएको छ ।

यो समयमा एटिएम बुथ भने खुलै रहने र जुनसुकै एटिएमबाट कारोबार गर्दा पनि कुनै शुल्क नलाग्ने नेपाल बैंकर्स संघका अध्यक्ष्य भुवन दाहालले जानकारी दिनुभयो ।

नेपाल राष्ट्र बैंकले बंैक तथा वित्तिय संस्थालाई आधारभुत बैंकिङ सेवा प्रदान गर्न आग्रह गरेको छ ।

कोरोनाको जोखिम बढिरहेका भन्दै राष्ट्र बैंकले सम्भव भएसम्म विद्युतिय कारोबार गर्न पनि बैंक तथा वित्तिय संस्थालाई आग्रह गरेको छ ।

निधेषज्ञा पालना भए नभएको मन्त्रालय तथा जिल्ला प्रशासन कार्यलयले अनुगमन टोली बनाई अनुगमन गर्ने जानकारी दिएको छ ।

बैंकिङ सेवाका लागि भने भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन र सम्भव नभएमा न्यूनतम कर्मचारी राखेर सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले आग्रह गरेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: