ओली–प्रचण्ड भेट ः कार्यदल गठनपछिका नियुक्ति बदर गर्न माग


काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार पनि छलफल भएको छ । उनीहरूबीच बिहान १० बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा भेट भएको बालुवाटार स्रोतले जानकारी दियो ।

भेटमा अध्यक्ष प्रचण्डले कार्यदल गठनपछिका नियुक्ति, सिफारिस बदर गर्न भनेको स्रोतको दाबी छ । जवाफमा प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताएको स्रोतको दाबी छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । भण्डारीको नियुक्ति अदालतले नै बदर गरिदिइसकेको छ ।

यसबाहेक थुप्रै नियुक्तिका निर्णय भएको स्रोतको दाबी छ । आजको भेटमा प्रचण्डले नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदल अघि बढ्न नसक्ने बताएको स्रोत बताउँछ ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नियुक्ति खारेज गर्न माग गर्दै प्रचण्डमार्फत दबाब बढाएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: