संसदका सभा अध्यक्षहरुको विश्व सम्मेलन शुरु


काठमाडौं, भदौ ४ । 

एक सय भन्दा बढी देशका संसद प्रमुखहरुको सहभागिता रहेको संसदका अध्यक्षहरुको पाँचौ विश्व सम्मेलन बुधबारबाट शुरु भएको हो ।

अन्तर व्यवस्थपिका संघ ९आइपीयू० र अष्ट्रियाको संसदको संयुक्त आयोजनामा जारी सम्मेलन बिहीबारसम्म चल्ने छ ।

सम्मेलनमा नेपाल तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधिसभा सदस्य डा। नारायण खड्का र राष्ट्रियसभा सदस्य डा। विमला राई पौड्याल सहभागि हुनुभएको छ ।

सम्मेलनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले विश्वले कोरोनालाई छिट्टै पराजित गरी जनजीवन सहज बनाउन सफल हुने अपेक्षा व्यक्त गरे ।

प्रत्येक पाँच वर्षमा आयोजना हुने सम्मेलन यो वर्ष अष्ट्रियाको भियनामा हुने तय भएपनि कोरोना संक्रमणका कारण ‘भर्चुअल’ माध्यमबाट भएको हो ।

सम्मेलनमा जलवायु परिवर्तन र सुशासन प्रवद्र्धन लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको छ । सम्मेलन आगामी २०२१ मा पुनः अष्ट्रियामा नै आयोजना हुने आईपीयूको सचिवालयले जनाएको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: