ह्वाट्सएपले भाजपासँग गठबन्धन गरेको भन्दै कांग्रेसले लेख्यो जुकरबर्गलाई पत्र

नयाँ दिल्ली, भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसले सामाजिक सञ्जाल र ह्वाट्सएपले सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)सँग गठबन्धन गरेको भन्दै फेसबुक प्रमुख मार्क जुकरबर्गलाई पत्र लेखेको छ।

केही समय अघिमात्र अमेरिकी पत्रिका टाइम्स म्यागेजिनमा प्रकाशित एक समाचारमा ह्वाट्सएप र भारतीय सत्तारूढ दलबीच गठबन्धन रहेको भन्दै एक लेख प्रकाशित भएको थियो। यही विषयलाई लिएर भारतीय कांग्रेसले जुकरबर्गलाई पत्र पठाएको हो।

यसअघि पनि अर्को अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलले यही विषयमा आधारित भएर एक लेख प्रकाशित गरेको थियो। उक्त पत्रिकाले फेसबुकले सत्तारूढ दलका नेताहरूलाई लागि हेट स्पीचका लागि बनाइएको नियम खुकुलो पार्दै लगेको उल्लेख गरिएको थियो। यसअघि पनि यही लेखका विषयमा कांग्रेसले  फेसबुकलाई पत्र पठाएको थियो।

संख्यात्मक हिसाबले हेर्दा भारतमा ह्वाट्सएप प्रयोगकर्ता ४० करोड रहेको र ह्वाट्सएप प्रयोग गर्न पैसा तिर्नुपर्ने भएकाले यसका लागि भारत सरकारको स्वीकृति चाहिने भएकाले सत्तरूढ दलसँग गठबन्धन गरिएको आरोप लगाएको छ।

ह्वाट्सएपले भाजपा सरकारलाई सहयोग गरेबापत मोदी सरकारले पनि ह्वाट्सएपलाई सहयोग गर्ने दाबी भारतीय कांग्रेसको छ। 

केही समयअघि कांग्रेस नेता राहुल गान्धीले ह्वाटस् एपमा बिजेपीको पकड रहेको भन्दै ट्विट पनि गरेका थिए। यद्यपि बिजेपीले भने कांग्रेसको आरोप निराधार रहेको टिप्पणी गर्दै आएको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: