दाङमा आइतबारदेखि लकडाउन

दाङ । दाङमा आइतबारदेखि लकडाउन हुने भएको छ । कोभिड(१९ संकट व्यवस्थापन केन्द्र दाङको शुक्रबार बसेको बैठकले आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको हो ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आइतबार राति १२ बजेदेखि सुरु भएको लकडाउन २१ गतेसम्म जारी रहनेछ । लकडाउनको समयमा अतिआवश्यकबाहेक अन्य गतिविधि गर्न पाइने छैन ।

सार्वजनिक यातायात, बजार, व्यापार, मेला, महोत्सव, भेला, सभा, जुलुसलगायत भिड बढाउने कुनै पनि कार्य गर्न पाइने छैन । साथै होटेल, रेस्टुरेन्ट तथा बैंकहरु पनि बन्द हुनेछन् । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: