निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति ट्रम्पकी वरिष्ठ सल्लाहकारद्वारा राजीनामा


वासिङ्टन । अमेरिकी राष्ट्रपतिका लागि नोभेम्बरमा हुने निर्वाचन नजिकिँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पका वरिष्ठ सल्लाहकार केलिन कनवेले राजीनामाको घोषणा गरेकी छन् ।

५३ वर्षीया कनवेले एक विज्ञप्ति जारी गर्दै अगस्त अन्तिममा आफूले राजीनामा दिने घोषणा गरेकी हुन् । उनले अब आफ्नो सन्तानप्रति केन्द्रित हुने र उनीहरुलाई ड्रामाभन्दा पनि ुमामाु  बनेर हेरचाह गर्ने बताएकी छन् । 

उनका श्रीमान् जर्ज राष्ट्रपति ट्रम्पका कट्टर आलोचक हुन् । उनी पनि राजनीतिक सक्रियताबाट बाहिरिने बताइएको छ । 

उनले राजीनामाको निर्णय ुपूर्वव्यक्तिगत र आफ्नो रोजाइु भएको भन्दै चाँडै आगामी योजनाहरु बताउने जनाएकी छन् । 

यसअघि उनकी १५ वर्षीया छोरी क्लाउडियाले आफ्नो आमाको जागिरले आफ्नो ुजिन्दगी बरबादु गरेको भन्दै ट्विट गरेको केही घण्टापछि कनवेले यस्तो घोषणा गरेकी हुन् । 

उनले आगामी बुधबारको रिपब्लिकन नेसनल कन्भेन्सनमा वक्ताका रुपमा प्रस्तुत हुने कार्यतालिका बनाएकी छन् र यसबारे राष्ट्रपति ट्रम्पलाई आइतबार राति जानकारी गराएकी छन् । 

उनी सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पलाई निर्वाचित गराउन सफल महिला अभियानकर्मी हुन् । तर, उनका पति भने दी लिंकन प्रोजेक्टका को(फाउन्डर हुन् र सन् २०२० मा ट्रम्पको पुनस् निर्वाचित हुनबाट रोक्‍न काम गरिरहेका छन् । (बीबीसी)


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: