रिलायन्स लाइफको आईपीओ बाँडफाँड, साढे २० हजार आवेदकले पाएनन्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन ९आईपीओ० बाँडफाँड भएको छ । भदौ ४ देखि ८ गतेसम्म बिक्री गरेको आईपीओ आज शुक्रबार बाँडफाँड भएको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलको केन्द्रीय कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको आईपीओ २० हजार ५०९ जना आवेदकले नपाएको जनाएको छ ।

कम्पनीले ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता आईपीओ जारी गरेको हो । जसमा समान ५र५ प्रतिशतले हुने आउन ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोष र ३ लाख १५ हजार कर्मचारीलाई गरी ७ लाख ३० हजार कित्ता छुट्याएर ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ आवेदकले आवेदन दिएका थिए । जसमा १ हजार ९५५ आवेदकका आवेदन रद्द भएको थियो भने ५ लाख ८७ हजार ५०९ योग्य आवेदक थिए । 

योग्य आवेदकमध्ये ५ लाख ६७ हजारलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँड गरिएको र बाँकी रहेको २० हजार ५०९ आवेदकलाई भने सेयर नपरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: