बाइडेनले जिते अमेरिकी सपना ध्वस्तु हुने ट्रम्पको चेतावनी


वाशिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा राष्ट्रपतिमा जो बाइडेनले जिते अमेरिकी सपना ुध्वस्तु पार्ने चेतावनी दिएका छन् । 

रिपब्लिकन कन्भेन्सनको अन्तिम रात सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले ड्रेमोक्रेटिक उमेदवार बाइडेनलाई ुअमेरिकी महानताको विनाशकर्ताु को संज्ञा दिएका छन् । 

अमेरिकी सहरमा डेमोक्रेटले ुहिंसात्मक अराजकताु जारी राखेको उनले आरोपसमेत लगाएका छन् । 

ट्रम्पले आफ्नो पार्टी ह्वाइट हाउसका लागि पुनस् निर्वाचित हुने विश्वास गरे । उनले भने, अमेरिकी सपनाहरु सुरक्षित गर्ने अथवा सुन्दर गन्तव्यलाई ध्वस्त पार्न समाजवादी एजेण्डालाई अनुमति दिने भन्‍ने निर्णय निर्वाचनले गर्नेछ ।

उनले थपे, अमेरिकनहरुलाई कानुन अनुसार सुरक्षति राख्‍ने कि हिंसात्मक अराजकता, आन्दोलन र अपराधीहरुलाई स्वतन्त्रता दिने भन्‍ने निर्णय पनि तपाईंहरुको भोटले गर्नेछ ।

आगामी नोभेम्बरमा हुने निर्वाचनका लागि गत साता डेमोक्रेटिक उमेदवार बाइडेन र उनका समर्थकले सम्बोधन गरेका थिए । 

नोभेम्बर ३ मा निर्वाचनको मत सर्वेक्षणमा ट्रम्पभन्दा बाइडेन अघि देखिएका छन् । उक्त मत सर्वेक्षणहरुलाई राष्ट्रपति ट्रम्पले फेक भनेका छन् । ( बीबीसी) 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: