झारफुकको बहानामा बलात्कार गर्ने पुजारी पक्राउ

बाँके । बाँकेमा झारफुक गर्ने बहानामा दुई जनालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

डुडुवा गाउँपालिका ५, कम्मरजँहास्थित बाबाकुटी मन्दिरका ४० वर्षीय पुजारीले ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बहानामा बोलाई बलात्कार गरेको आरोप छ । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

पुजारीले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा मन्दिरको कुटीमा बोलाई बलात्कार गरेको खुलेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: