अश्वेत नागरिकमाथि गोली प्रहार गरेको भन्दै अमेरिकामा प्रदर्शन तीव्र, प्रदर्शनकारी र प्रहरीबीच झडप


काठमाडौं । अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोधमा सुरु भएको प्रदर्शन चर्किएपछि थप सेना परिचालन गरिएको छ ।

प्रदर्शनकै क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएलगत्तै प्रदर्शन झन् बढेको हो ।

अमेरिकाको केनोसामा प्रदर्शनकारीहरुले ठाउँ ठाउँका सरकारी सम्पतिमा आगजनी गर्नुका साथै पसलहरुमा लुटपाट गरेको भन्दै थप सेना परिचालन गरिएको हो ।

केनोसामा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेकै बेला प्रहरीले धरपकड गरेसँगै प्रदर्शनकारी र सेनाबीच झडप भएको छ । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् ।

शान्तिपूर्ण आन्दोलन दवाउन सेना परिचालन गरेको भन्दै प्रदर्शकारीले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

प्रहरीले गत आइतबार २९ वर्षीय ज्याकुब ब्लेकलाई ७ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएसँगै प्रदर्शन चर्किएको हो ।

ब्लेक हाल अस्पतालमा रहेको र उनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: