सीपीएल क्रिकेटस् सन्दीप लामिछाने आवद्ध जमैका तलावाजको विजयी सुरुवात


काठमाडौं । 

क्यारेबियन प्रिमियर लिग ९सीपीएल० ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्व टिम जमैका तलावाजले विजयी सुरुआत गरेको छ ।

गएराति भएको खेलमा जमैका तलावाजले सेन्ट लुसियालाई ५ विकेटले हरायो । सेन्ट लुसियाले दिएको १ सय ५९ रनको लक्ष्य जमैकाले १८ ओभर ५ बलमा पाँच विकेट गुमाएर पूरा ग¥यो ।

यसअघि ब्रायन लारा क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५८ रन जोडेको थियो ।

उसको लागि रोस्टन चेसले अर्धशतक प्रहार गर्दै ५२ रन जोडे । बलिङमा जमैकाका मुजिब उर रहमान र भिरास्वामी परमौलले २–२ विकेट लिए ।

सन्दीप लामिछानेले एक विकेट झारे । चार ओभर बलिङ गरेका सन्दीपले २३ रन खर्चेर एक विकेट लिएका हुन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: