प्रधानमन्त्री र प्रचण्डलाई विश्वप्रकाशको प्रश्न: मान्छेको चित्कारले हामीलाई पोल्नु पर्दैन ?

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले वीरगञ्जमा समयमै उपचार नपाएर मृत्यु भएका बालकको चित्कारले हामीलाई पोल्नु पर्दैन? भन्ने प्रश्न गरेका छन्।

सत्ताद्वन्द्वमा रहेका प्रधानमन्त्री र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ट्वीटरमार्फत् प्रश्न गर्दै बुधबार प्रवक्ता शर्माले भनेका छन्, ‘सत्ताद्वन्द्व क्रममा मान्छेको चित्कारले हामीलाई थौरै पोल्नु पर्दैन?’नौ वर्षका बालकको मृत्युपछि कोरोना रिपोर्ट नेगेटिभ आएको उल्लेख गर्दै शर्माले उक्त रिपोर्ट फ्रेममा सजाएर सिंहदबारमा कि धुम्बाराहीमा राख्ने? भन्ने प्रश्न पनि गरेका छन्।

‘माफ गर बाबु तिम्रो मृत्यु झाडापखलाले होइन हाम्रो अकर्मण्यताले भएको हो,’ शर्माले भनेका छन्। ती बालकमा कोरोना भाइरस संक्रमण रहेको आशंकामा अस्पतालहरूले उपचार गर्न मानेका थिएनन्।

बाराको बारागढीका बालक सुशील साहको मंगलबार मृत्यु भएको थियो।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: