कार्यदलले नेकपा अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

काठमाडौं, भदौ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानको बाटो पहिल्याउन बनाइएको कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिवेदन बुझाइएको थियो । नेकपाको स्थायी कमिटी बैठकमा अधिकांश सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने धारणा राखेपछि स्थगित हुँदै आएको बैठक अझै सुरु हुन सकेको छैन ।

नेकपाका अध्यक्षद्वयको अनौपचारिक छलफलपछि महासचिव विष्णु पौडेल नेतृत्वमा कार्यदल बनाइएको थियो । कार्यदलले लगातारको छलफलपछि प्रतिवेदन तयार पारेको हो । 

अब उक्त प्रतिवेदन दुई अध्यक्षले छलफलपछि सचिवालय बैठकमा पेस गर्नेछन् ।

 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: