कीर्तिमानी खेलाडी चन्द्रकलामाथिको कुटपिटप्रति एथ्लेटिक्स संघको ध्यानाकर्षण


काठमाडौं । राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटप्रति नेपाल एथ्लेटिक्स संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण पदक विजेता लामगादेमाथि भएको कुटपिट तथा गालिगलौजप्रति संघले भर्त्सना गरेको छ । 

सोमबार राति झापाको मेचिनगर नगर १३ चारआलीमा जातीयरुपमा गालिगलौज गरी एक दम्पत्तीले चन्द्रकलासहित उनका श्रीमान र अर्का व्यक्तिलाई समेत निर्घात कुटपिट गरेका थिए ।

 कुटपिटमा संलग्‍न व्यक्तिलाई कानुन अनुरुप कारबाही गर्न संघले माग गरेको छ । 

राष्ट्रिय खेलाडीलाई नै जातीय रुपमा गालिगलौज गरी विनाकारण अमानवीय ढंगले भएको आक्रमणले समग्र खेल क्षेत्रलाई नै त्रसित पार्ने कार्य भएको संघले विज्ञाप्तिमा उल्लेख गरेको छ । 

संघले यस घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई तत्काल कडा कारवाही गर्न माग गरेको छ । त्यतै लामगादेको स्वास्थ्यपचारको लागी नेपाल एथलेटिक्स संघले २१ हजार आर्थिक सहयोगको घोषणा गरेको छ ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: