निषेधाज्ञाकाबीच सेयर बजार तेस्रो दिन पनि बढ्यो, झण्डै १ अर्ब ८६ करोडको कारोबार

काठमाडौं । यो साता लगातार तेस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । साताको पहिलो र दोस्रो दिन दोहोरो अंकले बढेको नेप्से तेस्रो दिन मंगलबार भने एकल अंकले बढेको छ । 

काठमाडौं  उपत्यकालगायत अघिकांश ठूला सहरमा जारी निषेधाज्ञाका बाबजुत पनि सेयर बजारमा भने उत्साह देखिएको छ । गत साताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु हुँदा समेत सेयर बजारमा लगानीकर्ताको मनोबल नखस्किँदा सेयर बजारमा उत्साह देखिएको छ । गत आर्थिक वर्षको मुनाफाबाट संगठित संस्थाहरुले लाभांश घोषणा सुरु गर्दा समेत सेयर बजारमा उत्साह देखिएको हो । 

कोभिड १९ ले गर्दा बैंक तथा वित्तीय संस्थाहरुको लाभांश बाँड्न नसक्ने पुर्वानुमान विपरीत अघिल्लो वर्षको तुलनामा केही ह्रास भए पनि बैंक तथा वित्तीय संस्थाहहरुले बोनस सेयर वितरण गर्नसक्ने देखिँदा पनि सेयर बजारमा उत्साह देखिएको हो । यसका साथै सेयर बजारका लगानीकर्ताले नरुचाएका अर्थमन्त्री बाहिरने मिति नजिक आउँदै गर्दा पनि लगानीकर्ताले बजारमा लगानी बढएका छन् । जसले गर्दा बजारमा खरिद चाप बढेको छ । अर्कोतर्फ लकडाउन पछि केही समय सुचारु भएको व्यापार व्यवसाय बन्द हुँदा लगानीको विकल्पको रुपमा सेयर बजार देखिँदा बजार परिसूचक सँगै कारोबार रकम पनि उल्लेख्य देखिएको छ ।  

मंगबार बजार परिसूचक नेप्से ९।३४ अंकले वृद्धि भएर १४४०।९४ अंकमा बन्द भएको छ । मंगलबार बजारमा १८९ कम्पनीको ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८५ करोड ५१ लाख ८१ हजार  रुपैयाँको कारोबार भएको छ । 

बजार खुलेसँगै बढ्न सुरु भएको नेप्से मो केही उतारचढाव देखिएपनि अन्तमा बढेर बन्द भएको हो । नेप्सेले आज ११ बजेर ४३ मिनेटमा मंगलबारको न्युन बिन्दु १४२७।८७ अंकसम्म झरेको थियो भने आजको उच्च बिन्दुमा पुगेर बन्द भएको छ ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: