‘क्यान’को साधारणसभा अनिश्चितकालका लागि स्थगित

काठमाडौं, भदौ ९ । नेपाल क्रिकेट संघ ९क्यान०को साधारणसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ दोस्रो साताका लागि तोकिएको साधारणसभा कोरोनाभाइरसको महामारीको कारण देखाउँदै अनिश्चित समयका लागि स्थगित गरिएको मंगलबार क्यानले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले जारी गरेको विज्ञप्तिमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि साधारणसभा स्थगित भएको उल्लेख छ ।

गत साउन पहिलो साता बसेको क्यान कार्यसम्पादन समितिको बैठकले भदौ दोस्रो हप्ताभित्रै साधारणसभा गर्ने निर्णय गरेको थियो ।

स्थगित साधारणसभा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०को समन्वय र सहज वातावरणपछि मिति तय गर्ने विज्ञप्तिमा उल्लेख छ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: