सुआरेजका लागि युभेन्ट्सको प्रस्ताव बार्सिलोनाद्वारा अस्वीकार

एजेन्सी । स्पेनिल क्लब बार्सिलोनाले आफ्ना स्ट्राइकर लुइस सुआरेजका लागि गरेको प्रस्ताव अस्वीकार गरेको । इटालियन सिरी ए च्याम्पियन युभेन्ट्सले गरेको प्रस्तान बार्सिलोनाले अस्वीकार गरेको हो ।

युभेन्ट्सले सुआरेजका लागि आफ्ना स्ट्राइकर गोन्जालो हिगुएन दिने प्रस्ताव गरेको थियो । तर, बार्सिलोनाले युभेन्ट्सको त्यो प्रस्ताव तत्कालै अस्वीकार गरेको जनाइएको छ । 

युभेन्टसले आफ्ना दिग्गज स्ट्राइकर हिगुइनलाई मुक्त गर्न उत्सुकताका साथ बार्सिलोनालाई आश्चर्यजनक सम्झौताको प्रस्ताव गरेको थियो । इटालियन पत्रिकाका अनुसार युभेन्टसले केही दिनअघि प्रस्ताव गरेको जनाइएको छ । तर, बार्सिलोनाले तत्काल उक्त प्रस्तावको खण्डन गर्दै अस्वीकार गरेको हो ।

३३ वर्षीय सुआरेज २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट बार्सिलोना अनुबन्ध भएका थिए । बार्सिलोनाले प्रशिक्षकमा रोनाल्ड कोम्यानलाई नियुक्त गरेपछि नवनियुक्त प्रशिक्षकले सुआरेजलाई आफ्नो योजनामा नरहेको बताएका थिए । त्यसपछि उनी बार्सिलोनाबाट बाहिरिने चर्चा चलेको थियो ।

बार्सिलोनामा ला लिगाका छ सिजनमा १९१ खेल खेलेका उनले १४७ गोल गरेका छन् । उनले बार्सिलोनाका लागि सबै खाले २८३ खेलमा १९८ गोल गरेका छन् ।  


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: