सांसदको लोगो फिर्ता, फेरि बनाइने

 

काठमाडौं, भदौ  । 

संघीय संसद सचिवालयले डिजाइन अनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ।

सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर लोगोबारे असन्तुष्टि व्यक्त गरेको थियो।  सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अुनसार डिजाइन अनुसार लोगो सुधार गर्न फिर्ता पठाइएको हो।

सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो।

कार्यालयले ब्याच पिन तयार गर्ने र नक्सा अद्यावधिक गर्ने जनाएको छ।

लोगो बिग्रिएपछि डिजाइनर टेकवीर मुखियाको आलोचना भएको थियो। तर मुखियाले निर्माणकर्ताको दोष आफूमाथि आएको भन्दै आपत्ति जनाएका थिए।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: