कांग्रेसको १४औं महाधिवेशन फागुनमा नहुने सम्भावना

 

काठमाडौं, भदौ  । 

आउँदो फागुन ७ गतेबाट सुरु हुने भनिएको नेपाली कांग्रेसको १४औं महाधिवेशन नहुने सम्भावना उच्च भएको छ ।

किनभने, साउन मसान्तभित्र जिल्ला तहमा सम्पन्न हुनुपर्ने क्रियाशील सदस्यतासम्बन्धी कामले पूर्णता पाउन सकेको छैन ।

यस्तै, करिब एक दर्जन जिल्लाहरुमा पार्टी समायोजनको काम पूर्ण नहुँदा क्रियाशील सदस्यता नवीकरण र वितरण गर्न असम्भव देखिएको छ ।

महाधिवेशनको सम्मुखमा विभाग गठन र विस्तार गरेर आफूनिकट कार्यकर्ता भर्तीमा सभापति शेरबहादुर देउवाको ध्यान गएपनि कार्यतालिकाअनुसार महाधिवेशनको गतिविधि संकटमा पर्दा भने कुनै वास्ता देखिएको छैन ।

कोरोना संकटलाई देखाएर पार्टीमा केन्द्रदेखि तल्ला तहसम्मका नेता तथा कार्यकर्ता कार्यतालिकाअनुसार काम नगरेर आफैंले बनाएको कार्यतालिका मिच्दैछन् ।

कोरोना संकटलाई देखाएर संशोधन भएको कार्यतालिकाले पनि साउन मसान्तसम्ममा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरणको काम सक्न निर्देश गरेको थियो ।

तर, विडम्बना करिब एक दर्जन जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजनको काम बाँकी नै छ ।

हो, संस्थापन र इतर समूहको आन्तरिक लफडा र भागबन्डा नमिल्दा पार्टी समायोजनको काम थाती रहेको छ । जसको असर क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमितिहरुले सदस्यता वितरण र नवीकरणको काम सुरु गरेका छैनन् । जुन महाधिवेशनको मेरुदण्ड हो ।

निर्वाचन समितिलाई मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयले सभापतिबाट प्रमाणित गरेर क्रियाशील सदस्यताको अन्तिम सूची बुझाउने हो भनेमात्र पुसबाट अधिवेशनका काम सरु हुन्छन् ।

तर, स्वयं कांग्रेसीहरुलाई फागुनमा १४औं महाधिवेशन सम्पन्न भएर नयाँ कार्यसमिति आउँछ भन्ने विश्वास छैन ।

कांग्रेस महाधिवेशनको मेरुदण्ड नै क्रियाशील सदस्यहरु हुन् । क्रियाशील सदस्यताको सम्पूर्ण कामहरु सम्पन्न भएपश्चात् मात्र कांग्रेसमा महाधिवेशनको रौनकता बढ्नेछ । निर्वाचन समितिले काम पाउनेछ ।

महाधिवेशन कार्यतालिकालाई पछ्याउन नसकेको कांग्रेसले भने क्रियाशील सदस्यहरुको संख्या बढाएर १० लाख पुर्‍याउने महत्वाकांक्षामा लागेको छ । जुन फागुन ७ मा महाधिवेशन नगरेर नेतृत्वको कार्यकाल बढाउने गतिलो रणनीति बन्नसक्छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: