नेपाली कांग्रेसको संरचना प्रणाली र यस्ले पार्टीलाई पुराएको असर ।


लेखक ः ध्रुब शर्मा

नेपालमा प्रजातन्त्रको जननी नेपाली कांग्रेस अहिले आफ्नै महाधिवेशनको पुर्ब तयारीमा छ, केन्द्रमा शिर्ष नेतालाई अहिले महाधिवेशनले राम्रोसँग छोइसकेको छ भने जिल्ला गाउँ टोलमा क्रियाशिल सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता थप्ने चटारो छ । नेपाली कांग्रेसको इतिहास यहाँ मैले भनिरहनु पर्छ जस्तो लाग्दैन सबैलाई जानकारीनै छ  । तपाई हामी अहिले यत्तिको आफ्ना मनको कुराहरू बोल्न वा आफुलाइ मन नपरेको कुरा वा  चित्त नपरेको कुराहरू अभिव्यक्ति स्वतन्त्रताको  लागि वा भनौ मैले यो लेख लेख्नको लागि पनि यो स्थान दिएको  श्रेय कांग्रेसकै कारण हो भन्दा कसैको दुई मत हुन जरुरी छैन ।

त्यसो भन्दै गर्दा नेपाली कांग्रेस के आफैमा लोकतान्त्रिक छ त रु यो आम नेता कार्यकर्ताको प्रस्नको रुपमा खडा भएको छ र यस्को जवाफ केहि नेतृत्वकर्ता चाहिँ पुर्ण लोकतान्त्रिक छ भनेर भन्न छोड्दैनन । तर आजको दिनमा आम कार्यकर्ता चाहि कांग्रेसको आन्तरिक पार्टी गठन प्रणाली प्रती सन्तुष्ट छैनन् । अहिलेको कांग्रेसको नेतृत्वमा बढ्दै गएको दम्भ, चाकरीबाद, परिवारबाद, नाताबाद, कृपाबाद जस्ता कुरा हाबी हुँदा नेपाली कांग्रेसको मुलभुत सिद्धान्त ूप्रजातन्त्रू लाई गिज्जाइरहेको अनुभुति भएकोछ ।

हुन त नेपालमा स्थापित सम्पुर्ण पार्टीहरु आफुलाइ लोकतान्त्रिक  भन्दछ्न र प्राय सम्पुर्ण पार्टी भित्रको आन्तरिक संरचना पनि एकै किसिमको केही हद सम्म अर्ध लोकतान्त्रिक  देखिन्छ । जसरी जनताले वा आफ्नो पार्टीको कार्यकर्ताले आफ्नो देशको वा आफ्नो  पार्टीको सर्बोच्च नेता प्रत्यक्ष रुपमा छनोट गर्न नपाउदा सम्म मेरो हकमा प्रजातान्त्रिक हो भनेर म मान्न तयार छैन, यसो भन्दै गर्दा देशकै पहिलो प्रजातान्त्रिक राजनीतिक दल भनेर चिनिने नेपाली कांग्रेसलाई यो अर्धप्रजातान्त्रिक वा अर्ध लोकतान्त्रिक पद्धतिले पार्टी गठन गर्ने कुराले आम कार्यकर्ताहरुलाई न्याय दिइरहेकोछ भन्न सकिँदैन ।

अर्को तर्फ हाम्रो पार्टीको आन्तरिक पार्टी गठन प्रकृया हामीले फेर बदल नगरेसम्म र यहि हालतले चल्नेहो भने अब नेपाली कांग्रेस पार्टीमा अहिले मौलाएको परिवारबाद, आफन्तबाद, चाकडिबाद, नाताबाद, कृपाबादले केही समयको अन्तरालमै  कांग्रेस पार्टी इतिहासमा सिमित नहोला भन्नेमा कुनै दुईमत छैन ।

हामिले हेर्न सकिन्छ कि देशमा अहिले नेपाली कांग्रेसको हालत कुन स्थितिमा पुगेको छ, यस्को सम्पुर्ण दोष नेतृत्व लाई नै जान्छ र यस्को पूरा जिम्मेवारी पनि नेतृत्वले नै लिनुपर्ने हुन्छ यस्को कारण पनि अहिलेकै अर्धप्रजातान्त्रिक पार्टी गठन प्रणालीनै हो जस्को फाइदा नेतृत्वले लिएर पार्टी एकतर्फी, मनोमानी हिसाबले सन्चलन गरेर हो । 

अबको समय भनेको पुर्ण  प्रजातान्त्रिक युग हो । त्यो चाहे नेपाल होस चाहे अमेरिका होस  चाहे बिस्वको तानाशाह मुलुक भनेर चिनिने उत्तरकोरियानै किन नहोस ढिलो चाडो अवस्य हुने भनेको पुर्ण लोकतान्त्रिक प्रजातन्त्रकै युग हो । अब कोहि पनि कसैको दमन वा हस्तक्षेपमा बस्न सक्दैन । कुनै पनि जनवार त उ स्वतन्त्र रहन खोज्छ भने मानिस कसैको दमन र शोषणमा बसेर आफ्ना हक अधिकार कुन्ठित गर्न सक्ने कुरा भएन ।

होला हिजोको दिनमा मानिसहरूमा अधिकाम्श पार्टी कार्यकर्तामा शिक्षाको कमि थियो, सन्चार माध्यमहरु सबैको पहुँचमा पुगेको थिएन, जस्ले जे भन्यो त्यही बिश्वास गर्नुपर्ने थियो र त्यसैको मौका छोपी २(४ जना टाठा बाठाले आफ्नो राज गरेका थिए राजनीतिपनि तिनै टाठा बाठाहरुले गरेर पार्टीमा आफ्नो हालिमुहाली गरे, त्यसमा सबैले नराम्रो गरे भन्न मिल्दैन । पार्टी, जनता र देशको हितमा काम गर्नेहरु पनि छ्न तर अधिकाम्श नेताहरुले पार्टीको, जनताको र देशको हित भन्दा पनि आफ्नो ब्यक्तिगत हित र स्वार्थ परिपुर्ति गर्न तर्फ लागे । हिजोको दिनमा जो सिधा(साधा आफ्नो भन्दा पार्टी, देश र जनताको हितमा  राम्रो काम गरे तिनिहरु सबै पाखा लागे । जस्ले भित्र बाहिर छ्क्का पन्जा गर्न जाने, पार्टी, देश र जनताको भन्दा आफ्नो हित गर्न लागे तिनै आज पनि पार्टीमा जङबहादुर शैलिमा राज चलाइरहेका छ्न, उनिहरुनै पार्टीमा सर्बोपरी छ्न । यस्ले गर्दा पुरानो नेताकार्यकर्ता जस्ले पार्टीको लागी योगदान दिए उनिहरुको आत्मसंतुष्टि मिलेको छैन बरु उनिहरुलाइ पार्टी र समग्र राजनीति तर्फनै बितिस्णा छाएको छ, जस्ले गर्दा  अहिले आएर आफ्नै अग्रज बाउ बाजेको बिरासत र छाप बोकेको युवाहरुमा समग्र पार्टी प्रतिनै नैरास्यता छाएको छ। जस्ले गर्दा हिजोको दिनमा कृयासिल सदस्य लिनको लागि तछाड मछाड हुने गर्थ्यो र उस्ले गरेका पार्टी प्रतिको योगदानको मुल्यांकन गरेर सदस्यता बितरण गर्नुपर्थ्यो भने अहिले आएर पार्टीको सक्रिय सदस्यता बितरणको लागि जबर्जस्ति भिडाउदै हिड्न परेको तितो यथार्थ हामी माझ छर्लङ्ग छ । त्यही पनि जिल्ला, क्षेत्र र  वाडका केही सिमित नेताका आफ्नै घर परिवार र नातागोतामा । यसरी जबर्जस्त भिडाएको कृयाशिल सदस्यले कत्तिको पार्टी पर्तिको जिम्मेवारी पूरा गर्लान त रु यो पनि सुक्ष्म रुपले हेर्ने बेला आएको छ ।

अब जबसम्म कुनै पनि ब्यक्तिले म नेपाली कांग्रेसको सदस्यता लिन पाए, देशको लागि निस्वार्थ सेवा गर्न पाए भन्ने अन्तर आत्मा देखि भावना जागृत भएर उसलाई पार्टीको सदस्यता लिएको गर्ब महसुस हुदैन तबसम्म हालको सदस्यता चार लाख बाट आठ लाख हैन पचास लाख पुराए पनि अपेक्षित नतिजा आउनेवाला छैन । र पार्टीका आम  कार्यकर्ताहरुको गुनासो नेताले हामीलाई ूयुज एन्ड थ्रोू मात्रै बनाए, आफ्नो स्वार्थको लागि प्रयोग मात्रै गरेका छ्न र अब  हामी हाम्रो पुर्ण प्रजातान्त्रिक अधिकारको लागि र अहिलेको पार्टीको यस्तो बेथिति, अराजकता सधैभरी निर्मुल पार्ने एक मात्रै उपाय भनेकै आम कार्यकर्ताले  जिल्ला देखि केन्द्रसम्मको लागि प्रत्यक्ष रूपमाआफ्नो नेता आफैले चुन्न पाउनुपर्ने प्रणालीको स्थापना गर्नु हो भन्ने कुरा स्पष्ट रुपमा बुझिसकेका छ्न ।

तसर्थ अब पार्टीको यो अस्तित्व रक्षाको लागि, पार्टीको सिद्धान्त बचाउनको लागी, केही सिमित पार्टीका भाइरसहरुलाई  निमिट्यान्न पार्नको लागी, पुरानो असल नेताहरुको आत्मसम्मानको लागि, फेरि पनि नेपाली कांग्रेसलाई आम निर्वाचनमा एक नम्बरमा जिताउनको लागि, समग्र रुपमा पार्टी र देशलाई सहि बाटो तर्फ अगाडि बढाउनको  लागी,  युवाहरुलाइ पार्टीको सदस्यता लिएकोमा आत्म सन्तुष्टिर गर्व महसुस गराउदै पार्टीप्रती युवाहरुलाइ आकर्षण गरि आफ्नो सदस्यताको पुर्ण प्रजातान्त्रिक पद्धतिको उपयोग गराइ प्रत्यक्ष रुपमा आफ्नो नेता आफैले चुन्ने प्रणाली स्थापित गरेर,  नेपालका अन्य  राजनीतिक दलहरु लगाएत बिस्वका अन्य केही अर्धप्रजातान्त्रिक र निरंकुश मुलुकका राजनीतिक दललाई पुर्ण प्रजातान्त्रिक राजनीतिक दलको उदाहरणको रुपमा स्थापित गराउन जरुरी छ । यसोभएमा मात्रै  हिजोको दिनमा नेपालमा प्रजातन्त्र स्थापित गराएको नेपाली कांग्रेस आज फेरि नेपालमा मात्रै होइन बिस्वसामुनै नमुना पार्टीको रुपमा रहिरहने थियो ।

त्यस्को लागि सम्पुर्ण आम नेपाली कांग्रेस पार्टीका असल नेताकार्यकर्ताहरुले प्रत्येक्ष रुपमा जिल्ला सभापति, प्रदेश सभापति र केन्द्रिय सभापति चुन्ने गरि पुर्ण प्रजातान्त्रिक पद्धति स्थापित गर्न आवाज बुलन्द गर्नुपर्ने बेला आएको छ, नेपाली कांग्रेसका सस्थापक जननेता महामनाब बि।पि। कोइरालाले भन्नुभएको ूपार्टीमा केही समय पछि सुकिला मुकिला टाठा बाठाको हालिमुहाली हुनेछ, पार्टी बचाउनको लागी त्यस्को लागि आम कार्यकर्ताले एक पटक फेरि संघर्श गर्नु पर्ने हुन्छू भन्ने यो  कुरा अहिले आएर चरितार्थ भएको छ, अब उहाँ बि। पि। ले नै भनेझैं गरेर पार्टी बचाउनको लागि आम पार्टीका जिम्मेवार कार्यकर्ताहरु एकजुट भएर एक पटक संघर्ष गर्ने बेला आएको छ र त्यो बेला पनि यहि नै हो ।

जस्ले गर्दा पार्टीको सम्पूर्ण नेताहरु आफ्ना कार्यकर्ता प्रती जिम्मेवार बन्नेछ्न भने कार्यकर्ताले पनि आफ्नो नेतासङ प्रत्क्षय रूपमा जोडीने मौका पाई नेताकार्यकर्ता बिच आत्मिय सम्बन्ध स्थापित हुन पुगि असल नेता छान्ने मौका पाउनेछ्न जस्ले गर्दा अहिलेका केही नेताहरुको   तानाशाह र एकलैटीपना समाप्त भै समग्र पार्टीको हितको लागि जनताको र देशको हितको लागि असल नेताहरु देशनिर्माणमा पार्टीले जन्माउने छ जस्ले गर्दा देशलेनै असल नेता पाउने छ यस्ले गर्दा नेपाली कांग्रेस पार्टी सधैभरी जिबन्त रहिरहनेछ । 


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: