स्याङ्जाको प्रगतिनगरमा खानेपानीको हाहाकार

स्याङ्जा, २९ साउन ।

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका वडा नं. १ स्थित प्रगतिनगरमा खानेपानीको हाहाकार भएको छ । विगत एक हप्तादेखि प्रगतिनगर बजार क्षेत्रमा खानेपानीको हाहाकार भएको हो ।

खानेपानीको हाहाकार भएसँगै खानेपानीको जोहो गर्न स्थानीयलाई सास्ती भएको छ । नुहाउन, धुन खोलाखोलामा जानु परेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार पानीको अभावमा शौचालय जान समेत समस्या उत्पन्न भएको छ ।

पुलतीबजार नगरपालिका वडा नं. २ को कालाखोला क्षेत्रबाट ल्याएको पानीको पाइपलाईन पहिरोले पुरिएको स्याङ्जा बजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताऐ । पहिरोले खानेपानीको सयौं मिटर बगाएको छ । पहिरोले झण्डै ५ लाख बराबरको क्षति पु¥याएको छ ।

“केहि दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा खानेपानी पाइप पुरिएपछि मर्मत गर्न समेत कठिनाइ भएको छ ।” अध्यक्ष अर्यालले भने, “पानी परिरहेको र पहिरो खसिरहेकाले तत्काल मर्मत गर्न सकिएको छैन् ।” पानी पर्न छाड्ना साथ मर्मतका काम अगाडी बढाउने अर्यालले बताए । 

समिति अन्र्तगत स्याङ्जा बजारमा झण्डै एक हजार खानेपानी उपभोक्ता मध्ये करिब आधाको संख्यामा प्रगतिनगरका स्थानीय रहेको समितिले जानकारी दिएको छ । समितिका अनुसार विकल्पका रुपमा एकदिन माथिल्लो बजार र अर्को दिन प्रगतिनगरलाई आलोपालो गरी पानी वितरणको तयारी गरिएको छ ।

खानेपानीको अभावमा स्थानीयको दैनिकी नै बिग्रिएको प्रगतिनगरका सुन्दर थापाले बताए । घरको काम गर्ने की व्यवसाय गर्ने खानेपानी नियमित नहुँदा दैनिकी अनियमित बन्दै गएको स्थानीय थापाले गुनासो गरे ।

स्याङ्जा बजार क्षेत्र भन्दा माथिल्लो भागमा रहेको करिब ५ लाख लिटर क्षमताको खानेपानी ट्यांकी खतरा अवस्थामा रहेको छ । अविरल वर्षासँगै ट्यांकी रहेको क्षेत्रमा ससाना पहिरो जान थालेपछि खतरा अवस्था सृजना भएको स्थानीयले बताए ।

ट्यांकी बनेको भूभाग कमजोर बन्दै जाँदा खतरा भएकाले पानी ट्यांकी पूर्ण क्षमतामा संचालन गर्न समेत नसकिएको समितिले जनाएको छ । समितिका अनुसार आवश्यक सजकताका लागि क्षमता अनुसार पानी वितरण गर्न सकिएको छैन् ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: