जाँदाजाँदै डा. युवराज खतिवडाले भने– सरकार बाहिर भए पनि सहयोग गर्छु

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आफू सरकार बाहिर बसेरै भए पनि सरकारलाई सहयोग गर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठकमा उनले यस्तो बताएका हुन्। बिहान ११ बजेका बैठक सुरु भएको थियो। यो बैठक अर्थमन्त्री खतिवडाको अन्तिम मन्त्रिपरिषद् बैठक हो। 

उनले बैठकमा बेलुकासम्ममा राजीनामा दिनेसमेत बताएको बालुवाटार स्रोतले बताएको छ। उनले आफूलाई अर्थमन्त्रीमा विश्वास गरेकोमा प्रधानमन्त्रीलाई धन्यवादसमेत दिएका थिए। 

‘सरकारबाट बाहिरिँदै छु। सरकारलाई आफूले आफ्नो तर्फबाट हरदम सहयोग गर्न तयार छु,’ खतिवडाको भनाई उद्धृत गर्दै ती मन्त्रीले भने, ‘सरकार बाहिर हुँदा पनि सहयोग गर्न तयार छु।’

मन्त्री खतिवडाले अर्थतन्त्रका चुनौतीका बारेमा बैठकमा ब्रिफिङ गरेका थिए। ‘अहिले देशको अर्थतन्त्रको अवस्था कस्तो छ ? के के चुनौतीहरु छन् ? हामीले गरेका राम्रा कामहरु केके हुन् भन्ने विषयमा डाटा प्रस्तुत गर्नु भयो। अरु हामीले कुन कुन  क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने भन्ने विषयमा आफ्नो कुरा राख्नु भयो,’ ती मन्त्रीले भने।

मन्त्री खतिवडाले आफूले गरेका राम्रा कामका विषयमा समेत ब्रिफिङ गरेका थिए। 

राष्ट्रियसभाको रिक्त एक पदका लागि वामदेव गौतमलाई सिफारिस गर्ने भएपछि उनको पदावधि सकिएको छ। गौतमलाई सो पदका लागि सिफारिस गर्ने सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिहीबारको बैठकले निर्णय गरेको थियो।

राष्ट्रिय सभाको सदस्यमा निरन्तरता पाउन नसकेपछि उनको मन्त्री पद यही शनिबारदेखि गुम्दैछ। संविधानमा संघीय संसदको सदस्य नभएको व्यक्तिले मन्त्री पदमा निरन्तरताको लागि ६ महिनाभित्र सदस्य बनिसक्नुपर्ने व्यवस्था गरेको छ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: