वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन प्रदान

वालिङ, २२ भदौ । स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाले वालिङ नगरपालिकालाई सेनीटाइजर स्ट्याण्ड मेशिन प्रदान गरेको छ । 

खुट्टाको सहायताले मेशिन चलाएर सेनीटाइजर लगाउन मिल्ने मेशिन स्कुल अफ डेम्रोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले नगरप्रमुख दिलीपप्रताप खाँणमार्फत नगरपालिकालाई मेशिन हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएको मेशिन कार्यालयको मूल ढोकामा राखिएकाले कार्यालयमा सेवा लिन आउने सेवाग्राही वा कर्मचारीहरुले प्रयोग गर्न सक्ने छन् ।

स्कूल अफ डेमोक्रेसी स्याङ्जाले कोभिड १९ को विश्वब्यापी जोखिमका समयमा खुट्टाको सहायताले खोलिने मेशिनको प्रयोगले हातले खोल्नु नपर्ने भएकाले संक्रमण फैलिने जोखिम पनि कम हुने नगर प्रमुख खाँणको भनाई थियो ।

स्कूल अफ डेमोक्रेसी स्याङ्जाले मेशिन प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्राप्त मेशिनको सही र अधिकतम प्रयोग गर्ने विश्वास दिलाउनुभयो । डेमोक्रेसीले जिल्लाका सबै स्थानीय तहहरुमा यो मेशिन उपलब्ध गराउने जनाएको छ । 

लोकतन्त्र मजबुद बनाउँदै आम नागरिकका हक, हित र अधिकारको संरक्षणका लागि गठित स्कूल अफ डेमोक्रेसी स्याङ्जाले स्थापनाको छोटो अवधिमै रचनात्मक कार्यहरु गरेको छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: