कांग्रेसले भन्यो– पहिरोपीडितलाई राहत देऊ

काठमाडौं । नेपाली कांग्रेसले स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

कांग्रेसले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्जा र पाल्पामा पहिरोमा परी जनधनको क्षति पुगेका परिवारलाई राहतको व्यवस्था मिलाउन, बेपत्ताको खोजी कार्य तीव्र बनाउन र घाइतेको स्वास्थ्योपचारको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेको हो ।

बिहीबार बिहान अविरल वर्षाका कारण स्याङ्जाको वालिङ नगरपालिका १४, तमादीमा गएको पहिरोमा एकै परिवारका नौ जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।

यस्तै स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ मा एकजनाको मृत्यु, पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले घर पुरिदा पाँचजना बेपत्ता भएका छन् ।

त्यस्तै कपिलवस्तुको वनगाई(डोहोट सडक खण्डअन्तर्गत कोइली खोलामा पजेरो जिप खोलाले बगाउँदा एकजनाको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

कांग्रेसले चारवटै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको मुख्य(सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: