कोभिड–१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या

नयाँ दिल्ली । मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा। तेजर लाथिया कसरी टाइप–२ मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता (टक्सिसिटी) भइरहेको छ भन्ने विषयमा पछिल्ला केही दिनयता अचम्ममा परेकी छन्। 

पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड(१९ लाग्ने डरले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड(इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएको पाइयो।

‘कोभिड–१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्‍याउनुका साथै कोभिडविरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा सेवन गर्न थाल्नुभएछ’ डा लाथियाले भनिन्।

भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्।

‘रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ। मसँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो। भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रा असर देखिएनन्।’ उनले भनिन्।

उनका अनुसार पछिल्लो समय आएका कोभिड(१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन्। ‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने ‍विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन्।’

बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन्। देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन्। सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’ केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्सले भने।

‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड(१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन्। जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’

सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन्।

भारतको केन्द्रीय सरकारले नै केही दिनअघि ‘आर्सेनिकम आल्बुम ३०’ नामक होमोप्याथिक औषधि सुझाएको थियो।

‘धेरै आयुर्वेदिक र यस्ता भिटामिनहरू मात्रा मिलाएर खाँदा धेरै असर गर्दैनन् तर मात्र नमिलाई आफ्नो खुसी गरेर अथवा अफवाहका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको हुन्छ। कतिपयले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुनसक्छन्, त्यस्ता व्यक्तिलाई त झन् कतिपय यस्ता कुराहरू विषाक्तसमेत बन्न सक्छन्। यस्तो हुँदा डरलाग्दो अवस्था सिर्जना हुने गर्छ।’ गुरूग्रामस्थित फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका पलमोनोलोजीका निर्देशक डा मनोज गोएलले भने।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: