चेन्‍नईसँग खेल्दै दिल्ली, सन्दीपले मौका पाउलान् ?



एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अन्तर्गत आज ९शुक्रबार० दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध सुपर ओभरमा जित निकालेको दिल्लीले प्रतियोगिताको दोस्रो खेल्न लागेको हो ।

दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७.४५ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने सम्मिलित टिमले सिजनको दोस्रो खेल खेल्न लागेको हो  ।

आजको खेलमा दुवै टोली जित निकाल्दै आईपीएलमा यो सिजन दोस्रो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा साबिक विजेता मुम्बईविरुद्ध जित निकालेको चेन्‍नई दोस्रो खेलमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो । 

दिल्ली यो सिजन आईपीएलको उपाधि दाबेदारका रुपमा हेरिएको छ । सन्दीपले दिल्लीको पहिलो खेलमा प्लेइङ सेटमा स्थान बनाउन नसके पनि दोस्रो खेलमा स्थान बनाउने चर्चा भारतीय मिडियाहरुले गरेका छन् । सन्दीपलाई भारतीय क्रिकेट विज्ञ तथा क्रिकेट विश्‍लेषकले अन्तिम ११ मा पर्ने बताएका छन् ।

तर, सन्दीपलाई प्लेइङ ११ मा भने क्रिक इन्फो, इन्डिया डट्कम, क्रिकेट गुरुजस्ता भारतीय मिडियाले प्राथामिकतामा राखेका भने छैनन् । दिल्लीमा सन्दीपसहित रवीचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेलजस्ता अनुभवी स्पिनर छन् ।

पहिलो खेलमा दुई ओभर बलिङ गरेका आश्विनले दुई विकेट लिएका थिए । उनी मैदानमा बल समात्ने क्रममा चोट बोक्दै आदि खेल मात्र खेलेका थिए । उनको अवस्था सामान्य भए आज दिल्लीले आश्विन र अमित मिश्रामध्य एक जनालाई स्थान दिने सम्भावना छ ।

यता क्यारेबियन प्रिमियर लिग ९सीपीएल० मा उत्कृष्ट प्रदर्शन देखाएका सन्दीपलाई टिमका प्रशिक्षक र कप्तानले जिम्मेवारी दिए उनी खेल्ने सम्भावना पनि छ ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: