स्कुल अफ डेमोक्रेसी स्याङ्जाले पूर्णता पायो

स्याङ्जा, १७ भदौ ।  लोकतान्त्रिकरणलाई मजबुद बनाउँदै आम नागरिकका हरेक अधिकारीको संरक्षण गर्न बनेको स्कूल अफ डेमोक्रेसी नेपाल स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले जिल्ला कार्यसमितिलाई पूर्णता दिएका छन् ।

स्कुल अफ डेमोक्रेसी नेपालका केन्द्रिय अध्यक्ष नैनसिंह महरले अध्यक्षमा विद्यार्थी राजनीतिमा लामो समय काम गरेका स्याङ्जाका पेशाले ईन्जिनियर श्रेष्ठलाई जिम्मेवारी दिएसँगै उनले कार्यसमितिलाई पूर्णता दिएका हुन् ।

कार्यसमितिको उप–सभापतिमा वालिङका सागर कुँवर, सचिवमा वालिङकै राजु डुम्रे, सह–सचिवमा अर्जुनचौपारीका रमेश रोका र कोषाध्यक्षमा गल्याङ्की साधना न्यौपानेलाई जिम्मेवारी दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । 

उक्त संस्थाको सदस्यमा पुतलीबजारका अनिता रुचाल र ईन्जिनियर शिव कोईराला छन् भने भिरकोटका चुत्रबहादुर महत, कालिगण्डकीका गोपी पाण्डे, बिरुवाका रिता गुरुङ्, चापाकोटका दुर्गा सारु, हरिनाशका टिका राना, आँधीखोलाका अनिल ढकाल, फेदीखोलाका सचिन रानाभाट र गल्याङ्का अमृत भण्डरी रहेका छन् ।

जिल्ला कार्यसमिति गठन भएसँगै संगठन विस्तारलाई स्थानीय तहसम्म लैजाने तयारी गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । आम नागरिकको अधिकार संरक्षण र प्रबद्र्धनमा हामीले आफ्नो भूमिकालाई प्रभाबकारी बनाउन संगठनलाई गाउँस्तरसम्म पु¥याउन आवश्यक रहेको अध्यक्ष श्रेष्ठको बताए ।



SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

1 comment: