३ प्रतिशत प्रहरीलाई कोरोना संक्रमण, देशभर १८५० संक्रमित

काठमाडौं । मुलुकको सुरक्षा संगठनमध्येको एक नेपाल प्रहरीमा झन्डै ३ प्रतिशत जनशक्तिमा कोरोना संक्रमण देखिएको छ । 

प्रहरीमा ७९ हजारको दरबन्दी कायम भए पनि ६८ हजारको हाराहारीमा मात्रै कार्यरत छन् । जसमध्ये १८ सय ५० जनामा कोरोना देखिएको छ । 

यो कुल कायम दरबन्दीको २ दशमलव ७२ प्रतिशत हुन आउँछ । पछिल्लो समय लगातार संक्रमितको संख्या थपिदै गएको पाइएको छ ।

दुई डीआईजीसहित कोरोना संक्रमितमा एक हजार ७३ जना सक्रिय संक्रमित छन् ।

७७७ जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १०१ र काठमाडौं उपत्यकाका ४२८ जना सक्रिय संक्रमित छन् । 

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १९६, प्रदेश २ मा ११४, वाग्मती प्रदेशमा ५१, गण्डकीमा ६७, प्रदेश ५ मा ८१, कर्णाली प्रदेशमा २० र सुदूरपश्चिम प्रदेशमा १५ जना सक्रिय संक्रमित छन् ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: