राष्ट्रियसभा सदस्य बन्न वामदेव तयार, प्रधानमन्त्रीको रोजाइ खतिवडा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्न तयार भएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटवार्ता गरेर आफू राष्ट्रियसभा सदस्य बन्न तयार रहेको जानकारी पनि दिएका थिए ।

“चार–पाँचदिनअघि प्रधानमन्त्री ओलीजीले डोल्पाबाट चुनाव लड्नुपर्‍यो भन्नुभएको थियो । त्यतिबेला मैले विचार गरौँला भनेर जवाफ दिएको थिएँ । यसबीचमा मैले धेरै विचार गरेँ,” गौतमले  कुराकानीमा सोमबार बेलुका भने, “आज मैले उहाँलाई प्रतिनिधिसभाको निर्वाचनमा जाँदिन भनेर भनेको छु । जसबेला प्रतिनिधिसभाको निर्वाचनमा जाने भनिएको थियो, त्यतिबेला निर्णय भए म जाने पनि थिएँ । 

अहिले अनावश्यकरूपमा चर्चा गर्नुको अर्थ छैन । कोरानाको महामारी छ । जाडो मौसम आउँदैछ । चिसोले मानिस कठ्याङ्ग्रिने अवस्था हुन्छ । डोल्पाबाट आधा मानिसहरू उँधो झर्न थालिसके । यस्तो अवस्थामा डोल्पामा उपचुनाव हुन सम्भव छैन । डोल्पा मात्र होइन, मेरो कुनै पनि निर्वाचन क्षेत्रमा चुनाव लड्ने मानसिकता पनि छैन । पार्टीको निर्णयले म राष्ट्रियसभामा जान पाइरहेकै छु । बरु तपाईंले सक्नुहुन्छ भने आजै निर्णय गरिदिनुस् । राष्ट्रपतिलाई निर्णय कार्यान्वयन गर्न भनिदिनुस् । भोलि गरिदिए पनि हुन्छ । म राष्ट्रियसभामै जान्छु भनेर प्रधानमन्त्रीलाई भनिसकेको छु ।”

तर प्रधानमन्त्री ओलीले भने अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने मनसाय व्यक्त गरेका छन् । उक्त कुरा केहीदिन अघि एक टेलिभिजन अन्तर्वार्तामा पनि भनेका थिए भने सोमबार गौतमसँगको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडालाई नै निरन्तरता दिन चाहेको उल्लेख गरे ।

“प्रधानमन्त्रीजीले युवराज खतिवडालाई निरन्तरता नदिने हो भने मैले कुनै पनि काम गर्न सक्दिनँ भन्नुभएको थियो । मैले ‘तपाईंले कामै गर्न नसक्ने हो भने त उहाँलाई प्रधानमन्त्री नै बनाउनुपर्छ’ भनेर पनि भनेँ,” गौतमले भने ।


SHARE THIS

Author:

Etiam at libero iaculis, mollis justo non, blandit augue. Vestibulum sit amet sodales est, a lacinia ex. Suspendisse vel enim sagittis, volutpat sem eget, condimentum sem.

0 coment rios: